शेरबहादुर देउवा दोस्रो पटक काँग्रेस सभापतिमा निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
1.1k
Shares
काठमाडौं। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि मङ्गलवार भएको पुनः मतदानको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवा विजयी भएका छन् ।
उनले २७३३ मत प्राप्त गरेका छन् भने पराजित डा. शेखर कोइरालाले १८५५ मत ल्याएका छन्।