नेपाली कांग्रेस महाधिवेशनको मतदान समाप्त, ६४ मत खसेन
एक बजेबाट सभापतिको मतगणना
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
604
Shares
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदान सिएको छ। ढिलो गरेर सकिएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको छ। कुल मतदाता ४ हजार ७ सय ४३ रहेकोमा ६४ मत नखसेको निर्वाचन समितिले जनाएको छ।
तेस्रो पटक समय थप गरेर सकिएको मतदान पछि मतगणना तत्कालै शुरु गरिने बताइएको छ। मुचुल्का उठाउने प्रक्रिया पूरा गरी राष्ट्रिय सभागृहमै तीन ठाउँमा मतगणना हुनेछ । एक बजेबाट सभापतिको मतगणना हुने बताईएको छ।
सभापति बाहेकका अन्य मतपेटिका भने पार्टी मुख्यालय सानेपा लगिने छ । सभापतिको लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके पुनः मतदान हुनेछ ।