काठमाडौंको चिसोमा प्रतिनिधिहरु मत हाल्न लाइनमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
725
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) मतदान हुँदै छ।
आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानको कार्यतालिका निर्धारण गरिएको छ । मत हाल्नका लागि देशभरबाट आएका प्रतिनिधिहरु लाइनमा लागेर मत हाल्न तयार भइसकेका छन् ।
नयाँ नेतृत्वमा सभापतिसहित १३२ पदका लागि ४८९ जना चुनावी मैदानमा छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यका लागि आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल भने निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।