एक सय ३४ पदमा चार सय ९१ बीच प्रतिस्पर्धा, ५७ जनाले लिए नाम फिर्ता
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
650
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी निर्वाचन प्रक्रियामा दुई पदाधिकारीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार दिउँसो १ बजे निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा युवराज न्यौपाने र सहमहामन्त्रीका सुरेन्द्र चौधरीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जसमा ५५ जना केन्द्रीय सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए ।