arrow

सभापतिका लागि पाँच जनाबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
rastriya-sabhagriha-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसको राजधानीमा जारी चौधौं महाधिवेशन अन्तर्गत हिजो छ जनाको उम्मेदवारी परेकामा एक जनाले नाम फिर्ता लिएसँगै पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको हो । 

युवराज न्यौपानेले आज नाम फिर्ता लिएका छन् । शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । न्यौपानेले आफ्नो समर्थन डा. कोइरालालाई भएको बताएका छन् । 

१३४ जनाको पदमा ५४८ जनाले उम्मेदवारी दिएकामा सभापतिबाट न्यौपानेले नाम फिर्ता लिएका छन् । त्यस्तै सहमहामन्त्रीको उम्मेदवारबाट सुरेन्द्र चौधरीले नाम फिर्ता लिएका छन् । 

त्यस्तै ५५ जना केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । मतदानअघि प्रदेश २ बाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् । 

मतदान भोलि बिहान ८ बजेदेखि हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ