कांग्रेस महाधिवेशन: दुई पदाधिकारीसहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता, न्यौपानेको समर्थन डा.कोइरालालाई
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
937
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत युवराज न्यौपानेले सभापतिबाट उम्मेदवारी फिर्ता लिएका छन्। उनले डा.शेखर कोइरालाको टीमलाई सघाउने घोषणा समेत गरेका छन् ।
डा.कोइरालाको टीमसँग आफ्नो मुद्दाहरु मिल्न गएकाले सभापतिबाट उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिएका छन् । शनिबार सभापतिमा ६ जनाले उम्मेदवारी दिएका थिए। आज आइतबार बिहान ११ बजेसम्ममा उम्मेदवारले मनोनयनपत्र फिर्ता लिने कार्यक्रम थियो ।
शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशनमा अब सभापतिमा शेरबहादुर देउवा, डा.कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै मनोनयन दर्ता फिर्ता लिने अन्तिम समयसम्ममा ५५ जना सदस्यले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै दुई पदाधिकारी उम्मेदवारका उम्मेदवार न्यौपाने र सहमहामन्त्रीबाट सुरेन्द्र चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।