पहिलो चरणमै जित हासिल गर्ने डा.शेखर कोइरालाको दाबी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
909
Shares
काठमाडौं । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन ।
महाधिवेशनमा संस्थापन इत्तर समुहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार विहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समुहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् ।
उनले विपीले परिकल्पना गरेजस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , शुशील कोइरालाले सपना देखे अनुसारको संगठन गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे ।
कांग्रेसमा आबश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताएका हुन । उनले उर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रह समेत गरे ।