- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका पाका नेता आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । आज ११ बजेभित्र उम्मेदवारी फिर्ता लिने समयभित्र जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै प्रदेश २ को खुलातर्फको क्षेत्रबाट ढुङ्गाना र रिजाल निर्विरोध भएका हुन् ।
उक्त क्षेत्रबाट खुलामा जम्मा तीन जनाको उम्मेदवारी परेको थियो । हरेक प्रदेशबाट खुलातर्फ २ तथा महिलातर्फ १ जना केन्द्रीय कार्यसमितिमा आउने छन् । प्रदेश २ को एक महिलाका लागि भने चित्रलेखा यादव र गीता चौधरी मैदानमा रहने छन् ।