arrow

जब रातारात पौडेल निवासमा पुगे देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
deuba-poudel.png
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ । शेरबहादुर देउवा पुनः दोस्रो पटक सभापतिको होडमा छन् । उनलाई टक्कर दिने रामचन्द्र पौडेल नै चुनावको होडबाट बाहिरिए । उनले न सभापतिमा उम्मेदवारी दिए न केन्द्रीय सदस्यमै । अब पौडेल कांग्रेस सभापति बन्ने छैनन् । उनले आफ्नो प्रतिनिधिका रुपमा डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गरेका छन् । 

डा. कोइरालाको टिम पनि राम्रो बनेको छ । युवालाई समेटेर कोइरालाले टिम बनाएका छन् । त्यसो त संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने भनिए पनि सहमति नबनेपछि छुट्टै प्यानल बनाएका प्रकाशमान सिंह पनि मैदानमा छन् । उनीसँग सुजाता कोइराला र विश्वप्रकाश शर्मा छन् । 

देउवाले पनि आफ्नो टिम मजबुद बनाएका छन् । उनले अर्को दलबाट जोडिएका विजयकुमार गच्छदारदेखि चिरपरिचित प्रतिस्पर्धी कृष्णप्रसाद सिटौलाको टिमलाई समेटेका छन् । सिटौला आफूले कतै उम्मेदवारी नदिई देउवालाई सघाउन लागेका छन् । अब सिटौला पनि कांग्रेस सभापति बन्ने छैनन् । 

पौडेलले एकाएक केन्द्रीय सदस्यमासमेत उम्मेदवारी नदिएर सबैलाई चकित पारे । उनी रेसबाट हटे । तर कांग्रेसको राजनीतिमा शुरुआतदेखि नै प्रतिस्पर्धी रहेका पौडेलले एकाएक होड छाडेपछि देउवा भने पौडल निवासमै पुगेका छन् । 

उनी रातारात पौडेललाई भेट्न बोहराटार पुगेका थिए । देउवाले भावुक हुँदै, ‘राष्ट्रका लागि तपाईको आवश्यकता छ राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्’ भने । जवाफमा पौडेलले भने, ‘महाधिवेशनमा मेरो सिद्धान्त आदर्श विपरीत अस्वस्थ्य प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ’ भने । 

पौडेलले देउवालाई भने, ‘महाधिवेशनलाई स्वस्थ्य प्रतिष्पर्धामा रहनुभएका साथीहरूले कांग्रेसलाई कांग्रेस जस्तो बनाउनुस्’ भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ