arrow

निमुखाको न्याय हराएको छ, पार्टीलाई जनताको भरोसाको केन्द्र बनाऔं – रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
ramchandra-poudel-123133.JPG

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन समयमै हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् । पार्टीको १४ औं महाधिवशेनको उद्घाटन सत्रमा बोल्दै उनले रामचन्द्र पौडेल देशको परिस्थितिअनुसार पार्टीका नीति र कार्यक्रममाथि गम्भीर छलफल गर्नुपर्ने भए पनि गर्न नसकिएको बताए । उनले भने, ‘समयमै अधिवेशन गर्न सकेनौं, छलफल गरेनौं, व्यवस्थित अधिवेशनको कार्यतालिका थियो, समयदेखि नै त्यो हुन सकेन । त्यसै कारणले समयमा अधिवेशन गर्न सकेका छैनौँ विधी पुर्याउँन मात्रै पुगेका छौँ ।’

उनले अगाडि भने, ‘प्रतिस्पिधीसँग जुन प्रतिस्पर्धा गर्नुपर्नेछ त्यो धेरै जटिल छ । अहिले पनि गाउँमा जुन किसिमले विरोधीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने छ र हामीले त्यो स्तरको सक्षम पार्टी बनाउन जरुरी छ । यसका लागि धेरै कुरा छन् । चुनाव मात्रै हैन यसका हरेक कुरामा हामीले तयारीका साथ जानुपर्ने थियो ।’

नेता पौडेलले सम्वोधनका क्रममा भने, ‘आजको राजनीति जुन किसिमले अघि बढिरहेको छ हेर्दा नेपाल गतिहिन,अवरुद्ध अवस्थामा छ । आज संसद चलिरहेको छैन् । जुन बन्द अवस्था छ । सर्वोच्च अदालत अस्तव्यस्त छ । सरकार गतिहिन अवस्थामा छ । पार्टीहरु अस्तव्यस्त छन् । ७० वर्ष संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त गर्यौं त्यो अनुसार नयाँ परिवर्तन अनुसार हामी अगाडि बढ्न सक्यौँ कि सकेनौँ ?’ 

उनी अगाडि भन्छन्, ‘आज हामीले छातीमा हात राखेर आत्मसमीक्षा गर्ने बेला आएको छ । हाम्रो आफ्नै मुल्यांकन गर्ने विषय पनि हो यो महाधिवेशन । यसकै कारणले कम्युनिस्ट भन्दा कांग्रेस पछाडि पर्यो ।’

उनले थपे, ‘हामी आज त्यसै अन्धाधुन्धको कारण अगााडि बढ्यौं भने धोका हुनसक्छ । हाम्रो पार्टीको इतिहास र जुन सिद्धान्त छ र अतितका नेताको जुन गौरव गाथा छ त्यसको अवस्थमा अहिले बहुसंख्यक मततदाको मत प्राप्त गर्ने हैसियतमा हुनुपर्ने हो । तर ३० ३१ प्रतिशत भन्दा माथि किन बढ्न सकेनौँ ?’

उनले भने, ‘आजको युग नै लोकतन्त्रको हो , यसको विकल्पमा उन्नत लोकतन्त्रहो यस्तो लोकतन्त्रका का लागि लडेको हाम्रो पार्टी किन अघि बढेन भन्ने कुराको समीक्षा गने साहस हामीले गर्नुपर्छ । हाम्रो प्रगति यसो गर्दा मात्रै हुनसक्छ । पार्टीलाई अब यो अवस्थाबाट अगाडि बढाउने, विकृति र विसंगति, भ्रष्टाचार, कमिसन तन्त्र, सेटिंगका कुरा समाजमा आइरहेका छन् यसबाट मुक्त भएर निमुखालाई न्याय दिन सक्नुपर्छ ।’ 

पौडेलले भने, ‘आज निमुखाको न्याय हराएको छ । आज जनसामान्यले न्याय पाउन सकेका छैनन् । दलका सदस्यहरुमा पनि दलको मुख्य केन्द्रमा रहेकाहरुको पहुँच पुगेकाहरु मात्रै न्याय पाउने अरुले नपाउने त्यसकारण हामीले यसबाट देशलाई मुक्त गर्नु छ र सामान्य मान्छेले न्याय पाउने नेपाल बनाउनु पर्ने भएको छ ।’

उनले अगाडि भने, ‘पार्टीभित्र लोकतन्त्र संस्थापन गरेर कुनै पनि काम समयमा विधि सम्मत रुपमा गर्नुपर्ने काम गरेर लान सक्यौँ भने हाम्रो पार्टीले मुलुकको लागि केही देन दिनसक्छ र हाम्रो पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन सकिन्छ । त्यसका लागि हाम्रो पार्टीभित्र नै सुधार र नैतिक उत्थान गर्न जरुरी छ । पार्टीलाई विकृतिको अखडा बनाउन खोजिएको कुराबाट पार्टीलाई स्वच्छ निर्वाचन  र प्रणालीको निर्माण  गर्न सके मात्रै लोकतन्त्र सार्थक हुन्छ र त्यसको अभिभारा कांग्रेसको काँधमा छ र कांग्रेस नै त्यसका लागि जन्मेको हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ