सबुजकृष्ण बानियाँले गणेशमानलाई सम्झदै गरे काठमाडौंको चिसोमा तातो स्वागत
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
826
Shares
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुजकृष्ण बानियाँले नेपाली कांग्रेसको भृकुटीमण्डपमा भइरहेको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सबैलाई स्वागत गरेका छन् । उनले सर्वमान्य नेता गणेशमान सिंहलाई सम्झदै महाधिवेशनमा सहभागी सबैलाई काठमाडौंको चिसोमा तातो स्वागत गरेका हुन् ।
उनले भने, ‘गणेशमान सिंहलाई स्मरण गर्दै स्वागत गर्न चाहन्छु । आज कांग्रेसले सम्पूर्ण काम गर्न सगर्न सक्छ । तर आफू भित्रका समस्या समाधान गर्ने कांग्रेस बन्न सकोस् ।’
उनले अगाडि भने, ‘यहाँ उपस्थित भएका तपाई मा सहभागी साथीलाई त्यो आग्रह गर्छु । य७७ जिल्लाबाट आउने अग्रज व्यक्तित्वलाई सहजरुपमा ग्रहण गदिर्नुहुन्छ । भन्दै कमकमजोरी रहेमा हामी सबैको हो भनेर बुझ्नु हुनेछ भन्दै १४ औं महाधिवेशनले आफ्नो पूर्व लक्ष्यलाई प्राप्त गर्न सक्ने शक्ति सहितको यो महाधिवेशन सम्पन्न होस् भन्ने शुभकामना सहित स्वागत गर्छु ।’