काठमाडौं । भारत टेष्ट क्रिकेट वरियताको शीर्ष स्थानमा पुग्न सफल भएको छ । भारतमा भएको न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिज १–० ले जितेसँगै भारत शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
भारत १२४ रेटिङसहित शीर्ष स्थानमा पुगेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार दिउँसो जारी गरेको तालिकामा उल्लेख छ ।न्यूजिल्याण्ड १२१ रेटिङसहित दोस्रो स्थानमा छ ।