arrow

भारत टेष्ट वरियताको शीर्ष स्थानमा, को कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
india-cricket-test.jpg
तस्बिर– फाइल

काठमाडौं । भारत टेष्ट क्रिकेट वरियताको शीर्ष स्थानमा पुग्न सफल भएको छ । भारतमा भएको न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिज १–० ले जितेसँगै भारत शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

भारत १२४ रेटिङसहित शीर्ष स्थानमा पुगेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार दिउँसो जारी गरेको तालिकामा उल्लेख छ ।न्यूजिल्याण्ड १२१ रेटिङसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको अष्ट्रेलियाको १०८ रेटिङ छ । त्यस्तै चौथो इङ्गल्याण्डको १०७ तथा पाँचौं पाकिस्तानको ९२ रेटिङ रहेको छ । 

छैटौं दक्षिण अफ्रिकाको ८८, सातौं श्रीलंकाको ८३, आठौं वेष्ट इन्डिजको ७५ तथा नवौं बंगलादेशको ४९ रेटिङ छ । पुछारको जिम्बावेको ३१ रेटिङ मात्र छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ