कांग्रेस प्रदेश नम्बर १ मा ९७ प्रतिशत मत खस्यो, गणना आइतबार विहानदेखि
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
822
Shares
मोरङ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ शनिबार भएको मतदानमा ९७ प्रतिशत मत खसेको छ । कूल एक हजार आठ सय चार मतदाता मध्ये एक हजार सात सय बाउन्न मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
गणना भने भोलि आइतबार बिहान ८ बजेदेखि हुने समितिले जनाएको छ । नेपाली काङ्ग्रेस मोरङको पार्टी अफिसमा मत गणना हुने निर्वाचन समितिका प्रमुख भरत थापाले जानकारी दिए ।
बिहान ८ बजेदेखि हुने मतदान हुने भनिए पनि मतपत्रमा उम्मेदवारको नाम छुटेपछि दिउँसो सवा २ बजेदेखि मतदान सुरु भएको थियो ।