arrow

देउवा समूहबाट कृष्णा यादवको उम्मेदवारी घोषणा

logo
निरञ्जन कुमार साह
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
krishna-yadav-province-2.jpg

जनकपुरधाम। नेपाली काँग्रेसको प्रदेश नम्बर दुईका सभापति पदका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट कृष्णा यादवले उम्मेदवारी घोषणा गरेको छ। शुक्रवार जनकपुरधाममा यादवले  पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर दुईको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै यादवले आफू प्रदेश सभापति पदमा जितेपछि यस प्रदेशमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने दाबी गरे। काँग्रेसलाई प्रदेश २ मा थप मजबुत बनाउने लक्ष्यका साथ आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले  जानकारी गराए।

रौतहट स्थायी घर भएका कृष्णा दोस्रो पटक जिल्ला सभापति भइसकेको छ भने २०३६ सालदेखि नै आफू बहुदल निर्दलमा लागिसकेको व्यक्ति रहेको समेत  बताए। २०५६ सालमा महासमिति सदस्य भएका यादवले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा उनी रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट संविधानसभा सदस्य बनेका थिए। २०६७ र २०७२ सालमा रौतहटको जिल्ला सभापति बनिसकेका उनी अहिलेसम्म आफू पार्टीको क्रियाकलाप र सम्पूर्ण गतिविधिमा निरन्तर संलग्न रहेको समेत जानकारी गएर।

सभापति देउवा पक्षबाट अलग भएर सभापतिका आकाङ्क्षी उम्मेदवारसमेत रहेका उपसभापति विमलेन्द्र निधिको पक्षबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा कृष्णा यादवले पार्टी सभापति देउवाको समूहबाट उम्मेदवारी घोषणा गरेको हो।

पार्टीका महोत्तरी सभापति महेन्द्र रायले पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेका थिए। पछि सहमति भएपछि उनले कृष्ण यादवलाई समर्थन गरेको समेत बताए।

यादवले उम्मेदवारी घोषण गरिरहँदा उनीसँग काँग्रेस निर्वाचन समिति प्रदेश २ का संयोजकसमेत रहेका काँग्रेसका नेता रमेश रिजाल, केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेन्द्र यादव, आनन्द प्रसाद ढुङ्गाना लगायतकाले आफूहरूको समर्थन कृष्णा यादवलाई रहेको बताए। प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चितता बनेको हो। अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले चाँडै जिल्लाहरूमा क्षेत्रीय अधिवेशन भइसक्नेसमेत जानकारी गराए।

जिल्लाहरूमा क्षेत्रीय अधिवेशन भए लगत्तै प्रदेशको निर्वाचन प्रक्रिया सुरु गर्ने उनले बताए। शनिवार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दाबी विरोध, उम्मेदवारी दर्ता र त्यसपछि दाबी विरोधका कार्यक्रमहरू निर्धारण गर्ने योजना रहेको रिजालले जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ