arrow

कर्णाली प्रदेश सहमहामन्त्रीमा भावना शाहीको प्रवल सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
bhawana-shahi1623312800.jpg
तस्वीर–फाइल ।

कालीकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोलिदेखि प्रदेशको निर्वाचन हुँदैछ । निर्वाचन तालिकाअनुसार प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशनको कार्यक्रम रहेको छ । 

त्यस्तै मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको छ । अहिले हरेक प्रदेशमा उम्मेदवारी घोषणा गर्नेहरुको लहर रहेको छ । 

उक्त क्रममा कर्णाली प्रदेशका सहमहामन्त्रीमा भावना शाहीले पनि इच्छा देखाएकी छिन् । उमेरले भन्दा व्यवहारले पाकी रहेकी शाही कर्णालीकी जल्दोबल्दो युवामा पर्छिन् जो राजनीतिलाई समाजसेवाको भाव हो भन्दै अगाडि बढिरहेकी छिन् । 

उनी राजनीतिका बारेमा भन्छिन्, ‘राजनीति सम्मानित पेशा हो र यो समाजसेवा पनि हो । यसको पवित्र उद्धेश्य हुन्छ । नेपाली कांग्रेसको स्थापना नै जनताको समग्र मुक्तिका लागि भएको हो । त्यसैले आफ्नो इच्छा राख्नु स्वभाविक छ ।’

हुनत उनलाई केन्द्रीय सदस्यमा लड्न प्रस्ताव नआएको पनि हैन । तर उनी भने जगदेखि नै बलियो भएर आउनु पर्छ भनेर कर्णाली प्रदेश कार्यसमितिमै अनुभव लिएर आउन चाहेको विचार राख्छिन् । 

त्यसका लागि उनले सहमहामन्त्रीको महिलातर्फ उम्मेदवारी दिएर कम्तीमा एक कार्यकाल कर्णाली कांग्रेसलाई बलियो बनाउने दृढतामा रहेकी छिन् । 

संस्थापन पक्षबाट निकै चर्चामा रहेकी शाही १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि पनि हुन् । उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् । 

कालीकोटको विकट ठाउँबाट राजनीतिबाट होमिएकी शाहीले लामो समयदेखि पार्टीकै लागि योगदान दिँदै आएकी छिन् ।कांग्रेस महाधिवेशनमा युवाहरुको दरिलो उपस्थिति भएकामा शाही पनि काम गरेर देखाउने प्रवल युवामा पर्छिन् भनुमा दुईमत नहोला । 

उनी आफ्ना विचारहरु सामाजिक संजालमार्फत दैनिक राख्ने गरेकी छिन् । ताकि उनका विचारहरु धेरै ठाउँमा फैलिउन् । सबैकी प्रिय पात्र लाग्ने शाहीले संचारमाध्यममा पनि आफ्ना विचारहरु लेख्ने गरेकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ