पाँचथरका नरेन्द्र केरुङ कांग्रेसको केन्द्रीय सदस्यमा उठ्ने, शुरु गरे देश दौडाहा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
1.3k
Shares
काठमाडौं। नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पाँचथर काँग्रेसको दुई कार्यकाल सभापति भएर काम गरिसकेका केरुङले आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । केरुङलाई सांगठनिक र बैचारिक हिसाबमा अब्बल नेताको रुपमा चिन्निछ । पार्टीभित्र विद्वत् र प्रष्ट बत्ताको छबी बनाएका केरुङलाई कुशल संगठकको रुपमा पनि चिनिन्छ ।
गृहजिल्ला पाँचथरमा उम्मेदवारी घोषणा गरेर केरुङ सोमबारदेखि देश दौडाहामा निस्किएका छन् । ‘अब देशभरका नेता र महाधिबेशन प्रतिनिधिहरुसँग सम्पर्कमा रहने कोशिस गर्नेछु,’ केरुङले भने ‘मेरो उम्मेदवारी समय सुहाउँदो नेतृत्व प्रदान गर्नका लागि हो ।’
पार्टीको संगठन निर्माण, लोकतन्त्रको सुदृढिकरण र कार्यकर्ता परिचालनका लागि अहम भूमिका खेल्नका लागि आफ्नो उम्मेदवारी रहेको उनको तर्क छ । ‘अग्रजहरुको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहनका लागि पनि मेरो उम्मेद्धारी हो,’ उनी भन्छन् ‘पार्टीको संगठन निर्माण, अभिलेखिकरण तथा राजनीतिक÷सैद्धान्तिक बहसका लागि हामी अग्रसर हुनेछौँ ।’