arrow

५१ जिल्लामा कांग्रेसको नयाँ नेतृत्व : संस्थापनलाई पछ्याउँदै इतर समूह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
congress-14th-general-convention.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार दिउसोसम्म ५१ जिल्लामा नेतृत्व चयन भएको छ। अन्य केही जिल्लाबाट समेत धमाधम अधिवेशनको परिणाम आइरहेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५१ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको हो। केही जिल्लामा भने सर्वसम्मत रुपमा नेतृत्व चुनिएका छन्।

हालसम्मको परिणाम अनुसार ५१ जिल्ला मध्ये २७ जिल्लामा कांग्रेस सभापति शेरबहादुर देउवा अर्थात् संस्थापन पक्षीय जिल्ला सभापति चुनिएका छन्। यस्तै २४ जिल्लामा संस्थापन इतर समूहको नेतृत्व आएको छ।

संस्थापनबाट कुन जिल्लामा  को बने सभापति ?

ताप्लेजुङ गजेन्द्रप्रसाद तुम्याहाङ

हुम्ला मोहनविक्रम सिंह

रामेछाप पूणर्बहादुर तामाङ (कान्छाराम)

मुगु ऐनबहादुर शाही

बझाङ खडक बोहरा

म्याग्दी खमबहादुर गर्बुजा

मनाङ शंकर गुरुङ (सर्वसम्मत)

सल्यान केशरबहादुर विष्ट

डोल्पा दीपेन्द्र शाही

डडेल्धुरा भीमबहादुर साउद

जुम्ला कणबहादुर शाही

जाजरकोट बेदराज सिंह (सर्वसम्मत)

पाँचथर रुपनारायण जवेगु

लमजुङ डा. टकबहादुर गुरुङ

डोटी नरेन्द्रबहादुर सिंह 

ओखलढुंगा तेजेन्द्र खनाल 

पर्वत युवराज जोशी 

रुकुम पश्चिम प्रेमप्रकाश ओली (सर्वसम्मत)

इलाम डम्मर खड्का

रुपन्देही रामकृष्ण खाँण (सर्वसम्मत)

स्याङ्जा राजु थापा 

कास्की किशोरदत्त बराल

काभ्रे तीर्थ लामा 

कञ्चनपुर पदम बोगटी 

ललितपुर जितेन्द्रकुमार श्रेष्ठ

सुर्खेत खड्क पोख्रेल

संस्थापन इतर समूहबाट कुन जिल्लामा  को बने सभापति ?

संखुवासभा दीपक खड्का

कालीकोट अम्मबहादुर शाही

दोलखा बर्मा लामा

मुस्ताङ रोमी गौचन

रुकुम पूर्व केशरमान रोका

गोरखा नन्दप्रसाद न्यौपाने 

बाजुरा रामसिंह रावल 

अर्घाखाँची केशव श्रेष्ठ

प्यूठान विष्णुकुमार गिरी

बैतडी चतुरबहादुर चन्द

भोजपुर विनोद बान्तवा

तेह्रथुम अर्जुनबहादुर तुम्बाहाङ्फे 

रोल्पा किशोर आचार्य 

खोटाङ विष्णुकुमार राई 

पश्चिम नवलपरासी अर्जुनकुमार पोखरेल 

पाल्पा हिमालदत्त श्रेष्ठ 

नुवाकोट रमेश महत

दार्चुला ललितसिंह बोहोरा

दाङ शंकर डाँगी 

झापा देउकुमार थेवे 

दैलेख मणीराज रेग्मी

काठमाडौं सबुज बानियाँ

तनहुँ जीतप्रकाश आले

धादिङ रामनाथ अधिकारी

सुनसरी केदार भण्डारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ