arrow

कांग्रेस महाधिवेशन: सर्लाहीका अधिकांश वडामा सहमतिमै नेतृत्व चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
congress-14th-general-convention1117.jpg

सर्लाही । पटक-पटकको विवादपछि सर्लाहीमा आइतबारबाट बल्ल नेपाली कांग्रेसको वडा अधिवेशन शुरु भएको छ ।

जिल्लाका २० वटा पालिकाका २०० वटा वडामध्ये आइतबार धेरैजसो वडाहरुमा सहमतिमै समिति चयन भएका छन् । सहमति नभएका ठाउँमा भोलि मतदानबाट टुंग्याइने जिल्ला निर्वाचन अधिकृत भरत राउतले बताए ।

उनले २०० मध्ये करिव १६० जति वडामा आइतबारै सहमतिबाटै नेतृत्व छानिएको तर सबैतिरबाट एक्किन रुपमा अन्तिम विवरण भने आइनसकेको जानकारी दिए । राउतले सहमति नभएका ठाउँहरुमा आइतबार नै मतदान गराउने तयारी गरेपनि साँझ अबेर भएको र मतपत्र पनि छाप्नुपर्ने भएकाले नभ्याइएको बताए ।

सर्लाहीमा संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्वजिल्ला सभापति लक्ष्मण राय समूहबीचको विवादले १४औं महाधिवेशन अन्तर्गत अधिवेशन प्रक्रिया अघि बढ्न सकेको थिएन् । अब पुनः विवाद सिर्जन नभए वडा हुँदै प्रदेश, संघ र जिल्ला अधिवेशन फटाफट सकाउने तयारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ