arrow

कांग्रेस कञ्चनपुरमा लेखक प्यानलका बोगटीलाई नेतृत्व 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
padam-bogati-kanchanpur-con.jpg

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् । आज आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे । 

बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । नेता थापा अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँद समूहको प्यानलमा थिए । 

त्यसैगरी कांग्रेस उपसभापतिमा मीनबहादुर सिंह र हरिचन्द्र राना निर्वाचित भए । सिंहले ७८६ मत प्राप्त गरे भने रानाले ७६३ मत प्राप्त गरी विजयी भए । उपसभापतिका प्रत्यासीद्वय दिवाकर पाण्डेयले ७०४ र शङ्करबहादुर चन्दले ७४० मत पाए । 

त्यसैगरी सचिव पदमा भीमराज भट्ट र हेमराज ओझा विजयी भए । त्यस्तै सहसचिवमा नाफुसिंह साउँद र पुष्कल चौधरी निर्वाचित भए ।  

कांग्रेस कञ्चनपुरका पदाधिकारीको मतपरिणाम सार्वजनिक भए पनि सदस्यको भने गणना कार्य जारी रहेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा कूल एक हजार ५७१ मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ