arrow

ललितपुर कांग्रेस सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ विजयी 

उदय शमशेर र जीतजंगको समर्थन थियो श्रेष्ठलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
jitendra-balekhu1.jpg

ललितपुर । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्ला सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ विजयी भएका छन् । उनी १२ मतको झिनो अन्तरले विजयी भएका हुन्।

ललितपुरमा १३१८ मत खसेको थियो । श्रेष्ठले ६६५ र उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले ६५३ मत ल्याए । मत परिणामको आधिकारिक टुंगो लाग्न भने बाँकी छ । श्रेष्ठलाई पूर्वमन्त्री तथा तरुण दलका पूर्व अध्यक्ष उदय शमशेर राणा र तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको समर्थन थियो। संस्थापन इतरको पनि उनलाई समर्थन थियो। 

सभापतिका तीन उम्मेदवारले स्पष्ट बहुमत पुर्याउन नसकेपछि आइतबार पुनःमतदान भएको थियो । विहान ८ देखि १ बजेसम्म मतदान सम्पन्न गरी मत गणना गरिएको हो ।

निर्वाचन समितिका अनुसार सभापतिमा उम्मेदवारी दिएका मीनकृष्ण महर्जन, जितेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण चित्रकारले बहुमत पुर्याउन नसकेपछि आइतबार विहानबाट मतदान तोकिएको हो । पहिलो चरणमा सभापतिका उम्मेदवार चित्रकारले ५०४, श्रेष्ठले ४८२ र महर्जनले ३३६ मत प्राप्त गरेका थिए । 

पहिलो चरणको चुनावसम्म राणा बस्नेत र महर्जन एक ठाउँमा देखिए पनि तेस्रो भएसँगै महर्जनले सभापति मदन अमात्यको प्यानलका उमेद्वार चित्रकारलाई समर्थन जनाएका थिए। निकै प्रतिष्पर्धात्मक चुनाव तनावमा परिणत हुँदा विहान श्रेष्ठको समर्थक राणालाई हातपातको प्रयास भएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ