arrow

कांग्रेस जिल्ला अधिवेशनः तीस भन्दा बढी जिल्लामा आज हुँदै

काठमाडौं, भक्तपुर, चितवन, पर्सा, मकवानपुर, नवलपुर र कैलालीमा विविध कारणले रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
congress-14th-general-convention1117.jpg

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज शुक्रबार हुँदैछ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन गइरहेको हो ।

कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि शुरु हुन लागेको जानकारी दिए ।

रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको भए पनि एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको भने जिल्ला अधिवेशन हुन बाँकी रहेको थियो । यसअघि दुई निर्वाचन क्षेत्र भएको गोरखामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

हालसम्म ३० भन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य घिमिरेले बताए । आज देशभरका ३० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढेको घिमिरेको भनाइ छ ।

शुक्रबारका लागि निर्धारण गरिएका भक्तपुर, सर्लाही, चितवन, नवलपुर, पर्सा, मकवानपुर, कैलाली र काठमाडौंमा विविध कारणले अधिवेशन रोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ