कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलद्धारा सहसचिवमा उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
1.2k
Shares
पोखरा ।नेपाली कांग्रेस कास्कीका प्रवक्ता एवं युवा नेता नवीन सिग्देलले पार्टीको सहसचिव पदमा उम्मेदवारी दिएका छन् ।
उनी वर्तमान जिल्ला सदस्य हुन् । स्पष्ट एवं प्रखरवक्ताका रुपमा परिचित सिग्दलले पार्टीको शुक्रबार हुने अधिवेशनमा सहसचिव पदमा उम्मेदवारी मनोनयन गराएका हुन् ।
सिग्देल कास्की कांग्रेसभित्र लोकप्रिय नेता मानिन्छन् । पार्टीलाई सशक्त ढंगले अघि बढाउने, युवा लक्षित गतिविधि सञ्चालन गर्ने, जनताको मन जित्ने गरी काम गर्ने, बलियो पार्टी निर्माण गर्ने लक्ष्यसहित आफू पार्टीको सहसचिव पदमा उम्मेदवारी दिएको उनले बताएका छन् ।
साथै उनले पार्टीका युवालाई प्रोत्साहन र अग्रजलाई सम्मान हुने गरि सबैको सल्लाह र सुझावका आधारमा अभियान नै सञ्चालन गर्ने उल्लेख गरेका छन् ।
सिग्देल नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष पनि हुन् । उनले पोखरामा रहेर लामो समय पत्रकारिता गरेका थिए ।