कांग्रेस १४औं महाधिवेशनः भक्तपुरमा कुन समूहका महाधिवेशन प्रतिनिधि कति ?
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
845
Shares
काठमाडौं । भक्तपुरमा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । ती दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । अधिवेशनबाट प्राप्त परिणामअनुसार भक्तपुरमा कांग्रेसको संस्थापन पक्ष हाबी देखिएको छ । भक्तपुरमा १३औं महाधिवेशनअघि निर्वाचित बनेका जिल्ला सभापति दुर्लभ थापासमेत संस्थापन पक्ष निकट नै हुन् ।
भक्तपुर १ मा क्षेत्रीय सभापतिमा जीवन खत्री निर्वाचित बनेका छन् । उनी कांग्रेस भित्र संस्थापन पक्ष निकट मानिन्छन । क्षेत्रीय सभापति संस्थापन पक्षको पोल्टामा आएको सो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षकै वर्चश्व देखिएको छ ।
भक्तपुर १ बाट महाधिवेशनमा २० जना संस्थापन पक्षबाट चुनिएका छन् । जसमा कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा, सुभद्रा काफ्ले, रुपा थापा, संगीता फुँयाल, सुरेश श्रेष्ठ, रत्नसुन्दर खाइतु, जीवन भुजु र केशव दुवाल, रजनी जोन्छें, रञ्जना कक्षपति, रामकृष्ण परियार, हरिकृष्ण श्रेष्ठ र रविता कार्की संस्थापन पक्ष निकट हुन् ।
सो क्षेत्रमा संस्थापन इतर पक्षबाट बाबुराजा जोशी, राधा कार्की (सरु बाँनिया) र गंगालक्ष्मी अवाल गरी चार जना महाधिवेशन प्रतिनिधि निर्वाचित बनेका छन् । यस्तै प्रविण वन भने कतै पनि खुलेका छैनन् । यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा संस्थापन इतर पक्षका भेषबहादुर कार्की निर्वाचित हुँदा महाधिवेशन प्रतिनिधितर्फ पनि इतर पक्षकै बर्चस्व देखिएको छ ।
भक्तपुर २ मा संस्थापन पक्षबाट दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आचार्य, दिलकृष्ण प्रजापति, उमेश खड्का, पूर्ण नेपाली विशुंके, रमा कोइराला पौडेल गरी ९ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेका छन् ।
यस्तै संस्थापन इतर पक्ष बाट उद्धव सिलवाल, राजनकाजी त्वाती, गणेशमान चक्रधर, अष्टकुमार कवे, सन्तोष भट्टराई, ज्ञानदास प्रजापति, रामकाजी चक्रधर, संगिता थापा, सुमित्रा सापकोटा, अच्युत प्रसाद मिश्र, लछुराम न्यौपाने, कसबहादुर कोजु, अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य र कमला कर्माचार्य गरी १५ जना निर्वाचित भएका छन् ।
भक्तपुरमा आदीवासी जनजाति महिलातर्फ महाधिवेश प्रतिनिधिको निर्वाचन भने हुनै बाँकी छ ।