arrow

कांग्रेस १४औं महाधिवेशन : काठमाडौंका दुई सय ५० भोट कता ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
congress-14th-general-convention1111111.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । काठमाडौंमा संस्थापन समूह र संस्थापन इतर समूहबाट महाधिवेशन प्रतिनिधिबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

काठमाडौंमा व्यक्तिगत रुपमा पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्रीका उम्मेदवार गगनकुमार थापा तथा काठमाडौंका पूर्व सभापति भीमसेनदास प्रधान निकटस्थको महाधिवेशन प्रतिनिधिमा बाक्लो उपस्थिति देखिएको छ ।

काठमाडौंबाट कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि एक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले २५० जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

काठमाडौं १
काठमाडौं १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित सुरजचन्द्र लामिछाने, दिपेन्द्र श्रेष्ठ, प्रवल थापा, कुश ढकाल, लिलेन्द्रप्रसाद प्रधान, राजेन्द्र गुरुङ्ग, डा. सुरजराज काफ्ले, हिरालाल तण्डुकार, कल्याणी रिजाल, शान्ता ढकाल, अम्बिका सुवेदी, ऋषीराज आचार्य, माधवराज लामिछाने, रवी सिंह, आदर्श कार्की, सम्झना उप्रेती, इन्द्र थापा र शारदा लामा संस्थापन इतर समूहबाट निर्वाचित बनेका छन् । उनीहरु पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् ।

यसैगरी मोहनकुमार राई, रेणु ढकाल, भगवती खड्का, सम्भु तामाङ्ग, अर्जुन राना, सुनिता श्रेष्ठ, कुवेर रम्तेल र कुलबहादुर सुनुवार महाधिवेशन प्रतिनिधि संस्थापन समूहबाट निर्वाचित भएका छन् ।

काठमाडौं २

काठमाडौं क्षेत्र नम्बर २ बाट १४औं महाधिवेशन प्रतिनिधि निर्वाचित बनेका उपेन्द्र कार्की, ओमबहादुर कार्की, राजाराम तिवारी, रामशरण ढुंगाना, लवराज दाहाल, शंकर थापा, कृष्णबहादुर केसी, प्रवीनमान सिंह, हरिशरण नेपाली, नहकुल थापा, मुकेश मिश्र, मञ्जु खड्का, द्रोणा खड्का, जानकी केसी, भद्रा भण्डारी, शर्मिला थापा कार्की संस्थापन समूह निकट हुन् ।

यस्तै लोकेश ढकाल, प्रतिमा गौतम, जयराज पुडासैनी, दीपकप्रसाद कुँइकेल, होमनाथ गौतम कमल भने इतर समूहका हुन् ।

काठमाडौं ३

काठमाडौं ३ बाट कुमारराज सुवेदी, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल, कमला नेपाली, गीता सिम्खडा, शान्ति नेपाल, जयराज भण्डारी, रेखा अर्याल, लालबहादुर लामा, झुमा लाम, सत्यभामा श्रेष्ठ, विक्रम सुनार, अनिलध्वज कार्की संस्थापन निकट हुन् ।

सो क्षेत्रमा नेता कृष्णप्रसाद सिटौला समूह पनि संस्थापन समूहसँग मिलेको थियो । त्यहाँ महाधिवेशन प्रतिनिधि बनेका धिमाल, पोखरेल, सिंखडा सिटौलासँग जानकारी छन् । 

यसैगरी कृष्णजी खड्का, छिरिङदोर्जे लामा, हरिबोल भण्डारी, विष्णुदेवी पुडासैनी, रामराज थापा, लेखकुमारी पुडासैनी, डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य, कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहसँग निकट छन् ।

काठमाडौं ४

काठमाडौं क्षेत्र नम्बर ४ बाट कांग्रेस १४औं महाधिवेशनका लागि संस्थापन समूहबाट राधा घले र राजु श्रेष्ठ निर्वाचित भएका छन् । 

त्यसबाहेक दिव्यमणीराज भण्डारी, राजु थापा, न्हुच्छेनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, विनोद चालिसे, भोलानाथ लामिछाने, अच्चुत पौडेल, श्रीराम लामिछाने, मनोज वैद्य, अरुण सिंह बस्नेत, सत्यमान लामा, विनोदबाबु प्रधान, रामकृष्ण केसी, रिता बुढाथोकी, कल्पना मल्ल ठकुरी, मिना पराजुली, नर्भदा पोखरेल, ईन्दिरा सिंह श्रेष्ठ, राजु परियार, गणेशकुमार कोइराला, ध्रुबप्रसाद पौडेल, शशी रिमाल र सुशील नाहाता संस्थापन इतर समूहबाट निर्वाचित बनेका हुन् ।

यी सबै प्रतिनिधिहरु गगन थापासँग निकट छन् ।

काठमाडौं ५ 

काठमाडौं ५ बाट कांग्रेस १४औं महाधिवेशनका लागि निर्वाचित महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन समूहबाट कसिनारायण श्रेष्ठ, डा.प्रणयशमशेर राणा, दामोदर खड्का, प्रकाश महर्जन, प्रेमबहादुर खड्का, अकला गुरुङ्ग, कृष्णकुमारी बस्नेत, श्यामबहादुर खड्का, जनकराज श्रेष्ठ, तेजेन्द्र गुरुङ्ग, गंगा सुनार, भीमसेन खत्री, कृष्णकुमार मगर निर्वाचित भएका छन् ।

यसैगरी संस्थापन इतर समूहबाट गोकर्ण केसी, वसन्त श्रेष्ठ, बुद्धीलाला श्रेष्ठ, रामेश्वर केसी, राजेन्द्र महर्जन, भवानी केसी, यशोदा बुढाथोकी, सावित्री प्रजापती निर्वाचित बनेका छन् । उनीहरु पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् ।

यस्तै सुभद्रा खड्का, प्रह्लाद केसी खत्री, सिताराम काफ्ले, विद्यादेवी घिमिरे इतर समूह अन्तर्गत नै भीमसेनदास प्रधान निकट मानिन्छन्। यसैगरी फुलमाया तामाङ्ग भने कतै खुलेकी छैनन् ।

काठमाडौं ६

काठमाडौं ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भीमसेनदास प्रधान, मोहम्मद निजामुद्धिन, इच्छाराम कार्की, केदारनाथ पाठक, मनोज भण्डारी, सानोभाई सापकोटा, हरीहर अधिकारी, अम्बिका शर्मा लामिछाने, सावित्रीराज भण्डारी, सबिता महर्जन, शान्ता अधिकारी, सृजना ढकाल, लक्ष्मण केसी, भाइराम खड्गी, भरत शर्मा बिडारी निर्वाचित बनेका छन् । उनीहरु प्रधान समूहबाट निर्वाचित बनेका हुन् ।

यसैगरी पूर्व महामन्त्री प्रकाशमान सिंह निकट कृष्णसबुज बानियाँ, हरीप्रभा खड्गी, जीवन डंगोल, इन्द्रमान महर्जन, रुपकराज कुँवर, यासिबा रहेमान, तेजेन्द्रजंग कार्की, नवराज भण्डारी, विजयकुमार लामा, सानोकाजी प्रजापती महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसैगरी गोबिन्द परियार भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार हुन् ।

काठमाडौं ७

१४औं महाधिवेशनका लागि काठमाडौं ७ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका धर्मराज अर्याल संस्थापन निकट मानिन्छन् । तर स्थानीय राजनीतिमा भने उनी संस्थापन इतरसँग पनि निकट रहन सक्छन् ।

यसैगरी  नवराज चापागाइ, प्रमोदहरी गुरुगाई, प्रसान्तमान सिंह मास्के, विजयबहादुर माली, मनोज राना, राजीव श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, शुशिल भट्ट, सविन तामाङ्ग, कमलाराज भण्डारी, गिता न्यौपाने अर्याल, सरला कोइराला आचार्य, सरस्वती भट्ट, डा.रामशरण थपलिया, दक्ष पौडेल, नगेन्द्रध्वज कार्की, अञ्जु सिंह चौधरी, प्रमिला सिंह डंगोल, सृजना सिंह श्रेष्ठ, इन्द्रलाल सिंह, प्रभासमान सिंह, पुष्पमान मानन्धर र कविता दास संस्थापन इतर समूहबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

उनीहरु पूर्व महामन्त्री सिंह निकट मानिन्छन् ।

काठमाडौं ८

१४औं महाधिवेशनका लागि काठमाडौं ८ बाट किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, बुद्धिमान बलामी, लक्ष्मीनाराण मानन्धर, रोमेल श्रेष्ठ, धर्मरत्न पाछैइ, राजुराज जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सपनाराज भण्डारी, छोरी डंगोल, कृष्णा अमात्य, महेश नेपाली, शोभा जोशी, शुदर्शनमान सिंह, प्रचण्डदेव मानन्धर र, हरुणरसिद मुस्लिम पूर्व महामन्त्री सिंह निकट हुन् ।

यसैगरी देवरत्न डंगोल भीमसेनदास प्रधान निकट हुन् भने  रविन्द्रलाल श्रेष्ठ, मोहनबहादुर बस्नेत, गोविन्द पाण्डे, ,सरिता श्रेष्ठ, लक्ष्मी पाण्डे, विष्णुलाल श्रेष्ठ र अलिना बस्नेत संस्थापा पक्षसँग निकट छन् ।

क्षेत्र नम्बर ९

क्षेत्र नम्बर ९ काठमाडौंबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित दामोदर गौतम, सुमन श्रेष्ठ, शैलेश कर्माचार्य, उज्जवल बज्राचार्य, रिता दवाडी र सुरेश परियार पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् ।

यसैगरी इन्द्रमान तुलाधर, नानु बाँस्तोला, बासु कार्की,सागरदास रंजित संस्थापन पक्षसँग निकट छन् भने लव ढुंगाना केसी, गौरी प्रसाद दवाडी, धर्मराज गौतम, श्यामकृष्ण खड्का, सुनिलकुमार श्रेष्ठ, कल्याणी खड्का, प्राडा अमिता प्रधान, सुधा रिजाल, दिलमाया अधिकारी, रामेश्वर भट्टराई, शिवजी भट्टराई, गोमादेवी गुरुङ्ग, रस्मिता मल्ल, वसन्तलाल महर्जन, आनन्द महर्जन, रामपवित्र ठाकुर संस्थापन तथा स्थानीयमा भीमसेनदास प्रधान निकट मानिन्छन्।

काठमाडौं १० 

क्षेत्र नम्बर १० काठमाडौंबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित राजेन्द्रकुमार केसी (राजन), राजकुमार नकर्मी, दीपेन्द्र आचार्य, अमृका बलामी, श्यामबहादुर कार्की, धर्मराज केसी, ईश्वर लामा, योगेन्द्रकुमार कुँवर, गोपाल श्रेष्ठ, लक्ष्मीदेवी दाहाल रावल, अजितादेवी शर्मा, यशोधा गौतम, मनमैया गिरी, बद्रीलाल महर्जन, विष्णुमान मानन्धर, चन्द्रबहादुर गोपाली, यमुनादेवी श्रेष्ठ, सीता केसी (खड्का), तारा बुढाथोकी, गणेशबहादुर सुवेदी, राजेन्द्र खत्री, सुदन महर्जन पूर्व महामन्त्री सिंह निकट भएको दाबी छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेका विकास बस्नेत संस्थापन समूहसँग निकट छन् ।सिर्जना श्रेष्ठ (सिंह) भीमसेनदास प्रधान निकट मानिन्छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ