कांग्रेस भोजपुरः तीन जनाबीच टक्कर भएपछि यसरी दिइयो सहमतिमा बान्तवालाई नेतृत्व
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
849
Shares
भोजपुर । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तवा निर्वाचित भएका छन् । पार्टीको चौधौँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका छन् । बान्तवाका प्रमुख प्रतिस्पर्धी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए ।
तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तवालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताए ।
जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको र ६० मत बदर भएको थियो । रासस