काँग्रेस १४औँ महाधिवेशन : क्षेत्रीय अधिवेशनबाट पदाधिकारी निर्वाचित
रासस,
प्रकाशित २०७८ मंसिर ४ शनिबार
888
Shares
फाइल तस्बिर
खोटाङ। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत खोटाङका प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन्। हलेसीमा शनिवार बिहान सम्पन्न अधिवेशनको मत परिमाण अनुसार निर्वाचन क्षेत्र नं १ (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित भएका छन्। त्यस्तै उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई तथा सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल निर्वाचित भएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नं २ को (ख) को सभापतिमा दिनेशकुमार घिमिरे, उपसभापतिमा महेन्द्र राई र रामचन्द्र केसी, सचिवमा प्रवीण राई र समराज राई तथा सह–सचिवमा राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन्।
काँग्रेस खोटाङमा दुवै क्षेत्रको अधिवेशन सकिएसँगै नेताहरू सातौँ जिल्ला अधिवेशनको तयारीमा जुटेका छन्। जिल्ला सभापतिमा चार जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन्।
पूर्व राज्यमन्त्री सर्वद्धन राई, पूर्व सभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।