arrow

कांग्रेस बाँकेमा अधिवेशनः आठमध्ये पाँच पालिकामा संस्थापन, इतरलाई तीन मात्रै

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ मंसिर ४ शनिबार
congress-14th-convention-719.jpg

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका आठ वटै पालिकामा अधिवेशन सम्पन्न भएका छन् । नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएको हो । चार वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन हुँदा अन्य चार पालिकामा भने प्यानलगत प्रतिष्पर्धा भएको थियो । 

कति पालिकामा संस्थापन र संस्थापन इतर समूहका उम्मेदवार प्यानलसहित चुनावी प्रतिष्पर्धामा थिए भने कति पालिकामा त संस्थापन समूहकै उम्मेदवारबीच पनि प्रतिष्पर्धा भएको छ ।

आठ वटा पालिकामध्ये ५ वटामा संस्थापन समूहका उम्मेदवार निर्वाचित हुँदा ३ वटा पालिकामा संस्थपान इतर समूहका उम्मेदवार विजयी भएका छन् । 

नेपालगञ्ज उपमहानगरापालिका सभापतिमा संस्थापन समूहका प्रशान्त विष्टसहित उनको प्यानल नै विजयी भयो । यहाँ संस्थापनकै दुई र इतर समूहबीच त्रिपक्षीय प्रतिष्पर्धा भएको थियो ।

कोहलपुर नगरापालिकामा भने पूरै प्यानल संस्थापन इतरबाट विजयी भएको छ । नगर सभापति विरेन्द्रकुमार शाहसहित सबै पदमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भए । 

राप्तीसोनारीमा भने संस्थापन समूहका भीमबहादुर राना क्षेत्रीसहित पूरै प्यानल विजयी भयो । बैजनाथमा पनि संस्थापन समूहबीच नै प्रतिष्पर्धा हुँदा सभापतिमा संस्थापन समूहका देवबहादुर खत्री केसीसहित उनको प्यानल नै निर्वाचित भयो ।

खजुरामा सर्वसम्मतरुपमा रमेश सिजाली सभापति चुनिए । उनी पनि संस्थापन समूहकै हुन् । जानकीमा पनि संस्थापन समूहकै जयराम यादव सर्वसम्मत सभापति चुनिए । 

नरैनापुर र डुडुवामा भने संस्थापन इतर समूहका क्रमशः मेराज अहमद खाँ र विजय कुमार यादव संस्थापन इतर समूहबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । नेपालगञ्ज, राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकीमा संस्थापन समूह विजयी हुँदा कोहलपुर, डुडुवा र नरैनापुरमा संस्थापन इतरले जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ