arrow

जनताको भरोसाको पार्टी काँग्रेस : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
ram-chandra-poudel2.jpg
फाइल तस्बिर

सिन्धुपाल्चोक। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताएका छन्। उनले जनताको आशा र भरोसाको पार्टी काँग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आसन्न महाधिवेशनले ठुलो भूमिका खेल्ने बताए।

उनले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताए। देशलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए। स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको पौडेलले बताए।

सो अवसरमा पार्टी जिल्ला सभापति एवम् लामाकी श्रीमान् विकास लामा, काँग्रेस क्षेत्रीय सभापति आइतमान तामाङक, इन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशलाल तामाङलगायतले स्वर्गीय लामाले महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य योगदान दिएको बताए। उनको नाममा स्मृति भवन स्थापना गर्ने सो अवसरमा घोषणा गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ