arrow

एमाले जिल्ला सदस्यसहित हेटौँडामा २ सय १५ जना काँग्रेसमा प्रवेश

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
congresssss.jpg

हेटौँडा। नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिले आयोजना गरेको कार्यक्रममा शनिवार नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय १५ जना नपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

शुभ दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य विष्णु गोपाल महर्जन, घरजग्गा व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष ध्रुव घिमिरे, दीपक ढुङ्गाना, सन्दीप शाक्यसहित २ सय १५ जना काँग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशी हरू लाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।

हेटौँडा । काँग्रेस हेटौँडा नगर सभापति उत्सव इटेनीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डीनाले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले काँग्रेसका नेता तथा कार्यकर्तालाई काँग्रेसलाई जिताउन एक ढिक्का भई लाग्न आग्रह गरिन् । उनले कम्युनिस्टको झुटको खेती अब धेरै नटिक्ने बताउँदै नेपाली काँग्रेसबाट मात्रै देशमा स्थिरता, विकास र संवृद्धि सम्भव भएको बताइन् ।

यस्तै, कार्यक्रमका विशेष अतिथि बानियाँले पार्टीलाई थप सुदृढीकरण र मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नजिकिँदै गरेको शुभदिपावली, छठ पर्व, नेपाल स्वमतको शुभकामना दिँदै सत्य र न्यायको बाटोमा लागे जित निश्चित भएको उल्लेख गरे ।

उनले कोरोना महामारीको जोखिम अझै पनि रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी चार्ड पर्व मनाउन आग्रह गरे ।

कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछाने, प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदीप कोइराला, नेबि सङ्घका केन्द्रीय महासचिव प्रभात दाहाल, जिल्ला सल्लाहकार उमा दाहाल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं रेडियो नेपालका उपनिर्देशक नवराज लम्साल, जिल्ला कार्यसमितिका पदाधिकारी, कार्यसमिति सदस्य लगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ