नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई घेर्ने कार्यक्रम सोमबार पनि जारी
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
946
Shares
काठमाडौँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा कर्मचारीहरूले प्रबन्ध निर्देशकविरुद्धको विरोध कार्यक्रम सोमबार पनि जारी राखेका छन्।
आफ्ना विभिन्न मागहरू सम्बोधन गर्न माग गर्दै कर्मचारीहरूले सोमबार पनि प्रबन्ध निर्देशक निर्देशक डिल्लीराम अधिकारीलाई घेराउन गर्ने विराध कार्यक्रम गरिरहेका हुन्।
गत हप्ताको बुधबारेदेखि कर्मचारीहरूले विरोध सुरु गरेका थिए । सोही दिनदेखि प्रबन्ध निर्देशक अधिकारी कार्यालय प्रवेश नगरेको कर्मचारीले बताएका छन्।
प्रबन्ध निर्देशक अधिकारीको नेतृत्वमा कर्मचारी विनियमावली संशोधन गरी तल्लो तहका कर्मचारीको अधिकार कटौती भएपछि कर्मचारी आन्दोलित छन्।
आफ्ना मागहरू सम्बोधन गर्न आइबार पनि धर्ना जारी रहेको नेपाल टेलिकम वर्कस युनियनका केन्द्रीय सदस्य सुरेश रौनियारले बताएका छन्।
विनियमावलीमा तल्लो तहका कर्मचारीहरूको ८ वर्ष पूरा भएपछि स्वतः बढुवा हुने प्रावधान विनियमावली संशोधन गरी हटाइएको कर्मचारीहरूको आरोप छ ।