काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले बिहिवार जनाएको छ ।