arrow

कांग्रेसको पुरानो संस्थापन पक्ष सभापतिको उम्मेदवारबारे छलफलमा , साझा उम्मेदवारको प्रयास 

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ असार २५ शुक्रबार
congess-meet-poudel-sitoula.jpg

काठमाडौं। नेपाली कांग्रेस भित्रको पुरानो संस्थापन पक्ष आगामी १४औं महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार बनाउनेबारे छलफलमा जुटेको छ । पुरानो संस्थापन पक्ष मानिएको रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र कोइराला परिवारसहितका नेताहरू १४औं महाधिवेशनमा साझा उम्मेदवारको सम्भावनाबारे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् । 

छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री सिटौला र प्रकाशमान सिंह, पूर्व सह महामन्त्रीहरू, अर्जुननरसिंह केसी र डा.रामशरण महत, डा.शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसीलाई बोलाइएको छ । यी मध्ये बलबहादुर केसी बाहेक सबै आगामी महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी हुन् । 

यो छलफलको वातावरण भने नेता अर्जुननरसिंह केसीले बनाएका हुन् । उनले पूर्व संस्थापन पक्षमा रहेका नेताहरू फेरी पनि अलग अलग समूह बनाएर महाधिवेशनमा जाने हो भने नेतृत्व लिन नसकिने भन्दै एकताबद्ध ढङ्गबाट अघि बढ्ने वातावरणका लागि यो प्रयास गरेको जानकारी दिए ।

‘पूर्व संस्थापन पक्षमा रहेका नेताहरू फेरी पनि अलग अलग समूह बनाएर महाधिवेशनमा जाने हो भने नेतृत्व गुम्ने अवस्था छ, पार्टीको हितका लागि पनि एकताबद्ध ढङ्गबाट अघि बढ्ने वातावरणका लागि यो प्रयास भएको हो,’ नेता केसीले भने । 

छलफल साझा धारणा र सहमति कायम गरी एकल उम्मेदवारको खोजीमा अघि बढ्नेतर्फ केन्द्रित हुने उनले जानकारी दिए । 

छलफलमा सहभागी हुन नेताहरू अहिले पुग्ने क्रम शुरु भएको छ । छलफलमा संस्थापन इतर समूहबाटै सभापतिका आकाङ्क्षी रहेका युवा नेता कल्याण गुरुङलाई भने बोलाइएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ