arrow

१४औं महाधिवेशनको संघारमा कांग्रेस: ५१ जिल्लाको क्रियाशील सदस्यता  टुंगिदा २५ वडाको स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटा जिल्लामध्ये हालसम्म ५१ जिल्लाको क्रियाशील सदस्यता छानविन गरेर सकेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले ५१ जिल्लाको सदस्यता छानविन गर्दा २५ वटा वडाबाट प्रक्रिया पुरा नगरी आएका क्रियाशील सदस्यतालाई स्थगित गरेको छ ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्य तथा समितिका प्रवक्ता कांग्रेस नेता प्रदिप पौडेलले पदाधिकारी बैठकले बनाएको मापदण्डका आधारमा ५१ जिल्लाको सदस्यता छानविन गर्दा २५ वटा वडाबाट प्रक्रिया विपरित सदस्यता दिएको पाइएपछि ती वडाबाट आएका सदस्यतालाई हालका लागि स्थगित गरिएको जानकारी दिए ।

नेता पौडेलका अनुसार सदस्यता पठाउन विभिन्न तह पार गरेर सिफारिस गरेर पठाउनु पर्नेमा सिधै आएका सदस्यतालाई छानविन समितिले स्थगित गरेको छ । यस्तै शतप्रतिशत भन्दा बढी सदस्यता पठाएको वडाको सदस्यता पनि स्थगित गरिएको छ भने अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएर विवाद देखिएका वडाका क्रियाशील  सदस्यता पनि स्थगित गरिएको छ ।

नेता पौडेलका अनुसार समितिले हालसम्म ८ लाख ५० हजार क्रियाशील सदस्यता छानविनका लागि पाएको छ । सो सदस्यता कांग्रेसले बनाएको अनलाइन सिस्टममार्फत आएको हो ।

कांग्रेसले यसअघि केन्द्रीय समिति बैठकबाट २० असार भित्र सभापतिलाई सदस्यता बुझाउने गरी कार्यतालिका बनाएको थियो तर केही जिल्लाबाट अझै पनि सदस्यता आउन बाँकी रहेपछि सभापतिलाई सदस्यता भने बुझाइएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ