arrow

मोरङमा कांग्रेस सभापतिमा आधा दर्जन आकांक्षी

logo
विवेक मिश्र
प्रकाशित २०७८ असार २१ सोमबार
congress-Morong3.jpg

मोरङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसको उर्वर भूमि मानिएको मोरङमा पनि उम्मेदवारका आकांक्षीहरु बढ्न थालेका छन् । महाधिवेशनको मिति नजिकिंदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ ।

मोरङमा सभापति उम्मेदवारमा आधादर्जन भन्दा धेरै आकांक्षीहरु देखिएका छन् । जसमा हालका सभापति डिक बहादुर लिम्बु, दिलिप गच्छदार, नागेश कोइराला, रमेशजंग रायमाझी, मानबहादुर लिम्बु, यदु बिष्ट, मदन संग्रौला, मोदराज घिमिरे, निरन्जन रिजाल लगायत रहेका छन् ।

हाल जिल्ला सचिव रहेका नागेश कोइराला, संगठन विभाग प्रमुख मानबहादुर लिम्बु र ६ नम्बर क्षेत्रीय सभापति निरन्जन रिजाल डा.शेखर कोइराला निकट मानिएका छन् भने दिलिप गच्छदार र रमेशजंग रायमाझी सभापति शेरबहादुर देउवा निकट मानिएका अमृत अर्यालसंग नजिक रहेका छन् । त्यसैगरी यदु बिष्ट गुरुराज घिमिरे निकट मानिने गरेका छन् भने मोदराज घिमिरे मिनेन्द्र रिजाल निकट मानिन्छन् र मदन संग्रौला कृष्ण प्रसाद सिटौलासंग नजिक रहेका छन् ।

क्रियाशील सदस्यताको विषयमा टुंगोमा पुग्न अझै मोरङमा १र२ दिन लाग्ने सक्ने र त्यसपछि छानविन समितिलाई जिम्मा दिने र छानविन समितिले क्रियाशील सदस्यताको विषयलाई टुङ्ग्याए पछि मात्र क्रियाशीलको विषय टुंगो लाग्ने नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले बताए ।

अहिले उमेदवारको विषयमा खासै फाइनल नभएको र क्रियाशील सदस्यताको विषय टुंगोमा पुर्‍याएर मात्र उमेदवारको विषयतिर लाग्ने सभापति लिम्बुले बताए । उनले भने आफु केन्द्र तथा जिल्लाका नेताहरुसंग सामूहिक छलफलमा रहेको र सबैको सामुहिक सहमतिबाट आफू के मा उठ्ने भन्ने कुराको टुङ्गोमा पुग्ने बताए । वहालवाला जिल्ला सभापति भएको नाताले सभापतिमा मेरो दाबी स्वभाविक नै हो ।

त्यसैगरी उनले भने प्रदेशको राजधानीको भएको नाताले प्रदेश सभापतिमा उम्मेदवारी स्वभाविकै हो र आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्य अनी समावेसी हिसावले सहमहामन्त्री लड्ने कोटा पनि छँदैछ भन्दै उनले भने यि चार पदमध्ये एकमा आफ्नो सामूहिक उम्मेदवारी हुने उनले बताए । सभापति लिम्बु प्रजातान्त्रिक कांग्रेस रहँदा पनि जिल्ला सभापति थिए र र १३औँ महाधिबेसनमा देउवा लाइनबाट सभापति जितेका हुन् तर एक वर्षअघिदेखि उनी कोइराला परिवार नजिक मानिन्छन् ।

देउवा पक्षबाट चर्चामा रहेका उमेदवारहरु मध्ये दिलिप गच्छदार र रमेशजंग रायमाझी मध्ये दिलिप र रमेशजंगबिच सहमति हुने र आफू नै देउवा पक्षको उम्मेदवार पक्का रहेको दिलिपले दावी गरे । दिलिप यसअघि पार्टीको जिल्ला उपसभापति साथै श्रम राज्यमन्त्री समेत भईसकेका व्यक्ति हुन् ।

कोइराला पक्ष साथै सभापति डिकबहादुर लिम्बुले समेत च्यापेका नागेश कोइराला यस अघिनै जिल्ला कोषाध्यक्ष हुन् भने हालका सचिव छन् । उम्मेदवारका आकांक्षी धेरै भएतापनि दिलिप गच्छेदार र नागेश कोइराला बिच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

१३ औँ महाधिबेसनमा जिल्ला सभापति उमेदवार रहेका हाल प्रदेश एकका प्रमुख सचेतक समेत रहेका केदार कार्की भने केन्द्रीय सभापतिमा शेखर कोइराला उठ्ने भएपछि आफु जिल्ला सभापतिमा उठ्ने भन्दा शेखरलाई समर्थन गरेर जिल्ला सभापतिमा उम्मेदवारी दिनेलाई नै जिताउन लाग्ने सम्भावना छ ।

कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले  महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँरनगरपालिका  अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ