arrow

निधि, कोइराला र सिंहबीच चाक्सीबारीमा लन्च : महाधिवेशनमा एकै टिम बन्ला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
sasanka-bimalendra-prakashman.jpg

काठमाडौं । नेपाली कांग्रेसका तीन नेताबीच आज पनि महाधिवेशन लक्षित समीकरणका विषयमा छलफल भएको छ । 

पार्टीको आगामी १४औं महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच सिंह निवास चाक्सीबारीमा छलफल जारी छ ।

तीन नेताबीचको छलफलमा पार्टी भित्र कायम रहँदै आएका गुटलाई अन्त्य गर्ने र १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको छ ।

उनीहरुले सकेसम्म साझा उम्मेदवार बनाएर सहमतीमा नै यसपटक नेतृत्व चयन गर्ने विषयमा छलफल गरिरहेका छन् । सो रणनीति अनुसार सबै आकांक्षीहरुबीच छलफल गर्ने र सहमती हुने सम्भावना भए स्वीकार्ने विषयमा उनीहरु बीच छलफल भइरहेको छ ।

नेतात्रय बीच यसअघि महामन्त्री कोइरालाको निवास महाराजगंजमा ११ असारमा छलफल भएको थियो भने त्यसअघि ७ असारमा उपसभापति निधिको मध्य बानेश्वरस्थित निवासमा छलफल भएको थियो ।

हालसम्म यी तीनै जना नेताले आफू आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आइरहेका छन् । कांग्रेसको १४औं महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ