arrow

रामचन्द्र र शेखरबीच वार्ताः सभापतिमा सघाउन प्रस्ताव

‘प्वाँलबाट छिरेका क्रियाशीललाई हेरौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
ramchandra-shaker.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा.शेखर कोइरालाबीच महाधिवेशनका विषयमा रणनीतिक वार्ता भएको छ ।

नेता पौडेललाई भेट्न सोमबार विहान उनको बोहोराटारस्थित निवासमा पुगेका कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन पौडेलसमक्ष प्रस्ताव गरे ।

‘डा.साबले सभापतिमा उठ्छु सघाउनुस् भन्नुभयो, वरिष्ठ नेताले पनि आफू स्वाभाविक दाबेदार रहेको बताउनुभयो, उहाँहरुबीच धेरै समय क्रियाशील सदस्यताको विषयमा कुराकानी भयो,’ स्रोतले हाम्राकुरासँग भन्यो । 

नेता पौडेल र कोइरालाबीचको अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नवप्रवेशीलाई क्रियाशील सदस्यता दिने नाममा प्वालबाट छिराइएको भन्दै क्रियाशील सदस्यतालाई गम्भीर रुपमा केलाएर हेर्नुपर्ने विषयमा छलफल भएको थियो । ‘क्रियाशील सदस्यताका विषयमा धेरै कुराकानी भए, सदस्यता छानविनमा गम्भीर भएर हेरिनु पर्छ भन्ने विषयमा उहाँहरुबीच सकरात्मक कुराकानी भएको छ,’ स्रोतले भन्यो ।

शुक्रबार पौडेल समूहले वसुन्धारास्थित दियालो फुडल्याण्डमा गरेको आफू निकट नेताहरुको छलफलमासमेत क्रियाशील सदस्यताको विषयमा गम्भीर हुनुपर्ने विषय उठेको थियो ।

सो छलफलमा पौडेल समूहमा रहेका आठ जना नेताहरुले आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि तयार रहेको बताएका थिए । सो क्रममा कोइरालाले आफू पार्टी नेतृत्वका लागि गत महाधिवेशनपछि नै घोषणा गरेर अघि बढेकाले पछि हट्ने अवस्था नरहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ