arrow

कांग्रेस क्रियाशील सदस्य छानविन धमाधमः ८ लाख १८ हजार सदस्यको नाम केन्द्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशको मिति नजिकिंदै गर्दा क्रियाशील सदस्यता सम्बन्धी काम पनि धमाधम अघि बढाएको छ ।

कांग्रेसले देशभरबाट प्राप्त क्रियाशील सदस्यका नाम उपर छानविन गरी सदस्यतालाई अन्तिम रुप दिने गरी काम जारी राखेको छ ।

हालसम्म कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा देशभरबाट ८ लाख १८ हजार ६ सय ३७ क्रियाशील सदस्यको विवरण आइ पुगेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यो सातै प्रदेशबाट आएको तथ्यांक हो ।

कांग्रेसले बनाएको क्रियाशिल सदस्यता छानविन समितिका सदस्य नेता जीवन परियारले देशभरबाट हालसम्म आएका क्रियाशील सदस्यतालाई छानविन गर्ने काम भइरहेको जानकारी दिए ।

उनका अनुसार छानविनका क्रममा विधि तथा मापदण्ड अनुसार आए नआएको विषयलाई प्राथमिकतामा राखेर अध्ययन भइरहेको छ ।

हालसम्म आएका मध्ये प्रदेश १ मा क्रियाशील सदस्यको संख्या सबै भन्दा बढी देखिएको छ । सो प्रदेशमा १ लाख ७५ हजार १०५ जना कांग्रेसका क्रियाशील सदस्य पुगेका छन् । यस्तै प्रदेश २ मा क्रियाशील सदस्यको संख्या १ लाख २ हजार ५० पुगेको छ ।

यस्तै बाग्मती प्रदेशमा १ लाख ७३ हजार ७५३ जना क्रियाशील सदस्य पुगेका छन भने गण्डकीमा १ लाख १८ हजार ३५७ पुगेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा १ लाख २१ हजार ३९९ तथा कर्णाली प्रदेशमा क्रियाशील सदस्यको संख्या ५३ हजार २८१ पुगेको छ । यस्तै सुदुरपश्चिममा क्रियाशील सदस्यको संख्या ७४ हजार ६९२ पुगेको छ । 

प्रदेश १ का कुन जिल्लामा कति ?

प्रदेश १ अन्तर्गतको झापा जिल्लामा ३३ हजार ४०२ जना, मोरङमा ३० हजार ४८९, सुनसरीमा २९ हजार १४९, इलाममा १५ हजार ५८९, उदयपुरमा १० हजार १५५, ओखलढुंगामा ९ हजार ९७०, संखुवासभामा ८ हजार २३५, पाँचथरमा ६ हजार ८६९, खोटाङमा ६ हजार ८३७, ताप्लेजुङमा ५ हजार ४०५, सोलुखुम्बुमा ४ हजार ९५७, धनकुटामा ४ हजार ९४७, भोजपुरमा ४ हजार ८६२ र तेह्रथुममा ४ हजार २४८ जना पुगेका छन् ।

प्रदेश २ 
प्रदेश २ मा धनुषामा २३ हजार ६३०, सलार्हीमा १६ हजार १३६, सप्तरीमा १५ हजार ८६५, महोत्तरीमा १४ हजार  ९९०, सिराहामा ११ हजार ५६०,  पर्सामा ९ हजार ५७९, रौतहटमा ९ हजार १३० र बारामा १ हजार १५२ जना क्रियाशील सदस्य पुगेका छन् ।

बाग्मती प्रदेश

बाग्मती प्रदेश अन्तर्गत काठमाडौंमा २९ हजार ९२६, चितवनमा २७ हजार ८५५, काभ्रेमा १८ हजार ८५३, धादिङंमा १५ हजार ७ सय, नुवाकोटमा १४ हजार १४२, दोलखामा १२ हजार ६५, रामेछापमा १० हजार ९४७, भक्तपुरमा १० हजार २९०, ललितपुरमा ९ हजार ९२४, मकवानपुरमा ९ हजार ५२०, सिन्धुलीमा ९ हजार १८७, रसुवामा ४ हजार ३९ र सिन्धुपाल्चोकमा १ हजार ३०५ रहेका छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा स्याङ्जामा १९ हजार ७९७, कास्कीमा १९ हजार ३२, नवलपुरमा १६ हजार ६२६, तनहुँमा १४ हजार ५६४, बाग्लुंगमा १२ हजार ८०२, गार्खामा १२ हजार ३६०, पर्वतमा ९ हजार ९७४, लमजुंङमा ८ हजार ३७०, म्याग्दीमा २ हजार ८२२, मनांगमा १ हजार २१८ र मुस्तांगमा ७९२ जना क्रियाशील सदस्य पुगेका छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देहीमा २१ हजार ३३५, दांङमा १८ हजार १२२, गुल्मीमा १४ हजार ९२, अर्घाखाँचीमा १२ हजार ५०, कपिलवस्तुमा १० हजार ८५०, नवलपरासीमा ९ हजार ३२८, पाल्पामा ९ हजार १५८, बाँकेमा ८ हजार ६७६, बर्दियामा ७ हजार ४९४, रोल्पामा ४ हजार ६०७ , प्युठानमा ४ हजार ५७४, रूकुम पूर्वमा १ हजार ११३ जना क्रियाशील सदस्य पुगेका छन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश अन्तगर्त सुर्खेतमा ११ हजार ८६०, दैलेखमा ९ हजार ४९२, जाजरकोटमा ५ हजार २४२, रूकुम पश्चिममा ५ हजार २०९, हुम्लामा ५ हजार ४६, कालिकोटमा ४ हजार ६१०, सल्यानमा ४ हजार १२९, जुम्लामा ३ हजार ५३२, मुगुमा २ हजार ७७१ र डोल्पामा १ हजार ३९० जना क्रियाशील सदस्य  पुगेका छन् ।

सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलालीमा १८ हजार १७४, अछाममा ११ हजार ११७, कञ्चनपुरमा १० हजार ५६५, बझांगमा ६ हजार ८०७, बैतडीमा ६ हजार ५७३, बाजुरामा ५ हजार ८८५, डडेलधुरामा ५ हजार ८०३, डोटीमा ५ हजार २९३ र दार्चुलामा ४ हजार ४७५ जना क्रियाशील सदस्य रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ