arrow

राप्रपा छाडेर कांग्रेसमा आएका सुनिल थापाले पाए ५५ जना महासमिति सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
sunil-thapa-congress.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका सुनिल थापाले ५५ जना महासमिति सदस्य पाएका छन् । 

महाधिवेशनको मिति तय भएसँगै नेताहरुले भेटघाटलाई तिव्र बनाउँदै लगेको बेला कांग्रेसको समायोजन समितिले थापा समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो ।

कांग्रेसले केन्द्रीय समितिको निणर्यअनुसार थापा समूहलाई ५५ जना महासमिति सदस्य दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महासमिति सदस्यको जिम्मेवारी पाउनेहरुमा सहमहामन्त्री थापासहित १० जना केन्द्रीय समिति सदस्य छन् । केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

महासमिति सदस्यमा समायोजना हुनेमा रामकृष्ण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीसहितका विभिन्न तहका नेता छन् ।

थापा समूहले भने १ सय ५० जना महासमिति सदस्य मागेको थियो । तर केही जिल्लामा समायोजन बाँकी रहेकाले समायोजन सकिएपछि थप जिम्मेवारी दिने सहमती भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ