arrow

निधिको सक्रियता

समकालिनलाई ‘लन्च’ युवालाई ‘डिनर’: युवा नेताले भने-शीर्ष नेता ‘डीपार्चर’ हुनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
Nidhi-dinner.jpg

काठमाडौं । नेपाली कांग्रेस भित्र महाधिवेशनको सरगर्मी शुरु भएसँगै उपसभापति विमलेन्द्र निधिले आफूलाई उम्मेदवारको रुपमा व्यस्त बनाउँदै लगेका छन्।

सोमबार विहान आफ्नो विवाह वर्ष उत्सव पारेर पार्टीका वर्तमान महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई मध्य बानेश्वरस्थित निवासमा बोलाएर लन्च मिटिङ गरेका निधिले सोमबार साँझ कांग्रेसका नौ युवा नेतालाई ‘डीनर’सहितको मिटिङ राखेर आगामी महाधिवेशनबारे छलफल गरेका हुन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको साँझको छलफलमा कांग्रेसका युवा नेताहरु डा.चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, धनराज गुरुङ, दिपक गिरी, सरिता प्रसाइँ, बद्री पाण्डे, प्रदीप पौडेल र जीवन परियार सहभागी थिए ।

सो छलफलमा निधिले यूवा नेताहरुमाझ आफू आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि अघि बढेको सन्देश दिएका थिए ।

‘उपसभापति ज्यूले म सभापतिका लागि अघि बढे।, तपाइहरुको सहयोग आवश्यक छ भनेर युवा नेताहरुलाई भन्नु भयो, युवा नेताहरुले पार्टीलाई नयाँ पुस्ता चाहिएको छ, शेरबहादुर दाइ र रामचन्द्र दाईले ‘डीपार्चर’ हुनुपर्छ,’ भन्ने धारणा राख्नुभयो,’ छलफलबारे जानकारी दिंदै निधिका प्रेस सल्लाहकार रामजी दाहालले हाम्राकुरासँग भने ।

छलफलमा सहभागी युवा नेताहरुले भने पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब पार्टी संरक्षकका रुपमा बसेर ‘डीपार्चर’ हुनुपर्ने धारणा राखेका हुन् ।

बैठकमा बोल्ने सबैजसो युवा नेताहरुले देउवा र पौडेलले अब पार्टीको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने भन्दै आगामी नेतृत्व सर्वसम्मत गर्न दुबै शीर्ष नेता समर्थक र प्रस्तावक बस्नुपर्ने धारणा राखेका थिए ।

युवा नेताहरुले निधिलाई सभापतिमा दाबी गर्दै आएका नेता डा। शेखर कोइरालासँगसमेत भेटेर सल्लाह गर्न सुझाएका छन् । यसअघि निधिले २ असारमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र शनिबार नेता बलबहादुर केसीलाईसमेत भेटेर सहयोग गर्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ