arrow

जर्मनीसँग पोर्चुगल निरीह, टरेन रोनाल्डोको अग्रताले हार, दुई आत्मघाती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
euro-2020-portugal-germany.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको दोस्रो खेलमा बिर्सनयोग्य प्रदर्शन गरेको छ । पोर्चुगल जर्मनीसँग पराजित भएको हो । 

म्युनिखको एलिनाज स्टेडियममा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीले दुई आत्मघाती गोल उपहारमा पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।

यति ठूलो टिमबाट एकै खेलमा दुई वटा आत्मघाती गोल विरलै देख्न पाइन्छ । जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । 

पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले अग्रता गोल गरेका थिए । डिएगो जोटाले एक एक गोल फर्काएका थिए ।

खेल विवरण
शुरूआतदेखि नै खेल रोमान्चक बन्यो । 

पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए । तर भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

१५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गरे ।

३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरे । खेल १–१ को बराबरीमा पुग्यो । 

३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनी २–१ ले अग्रता लिन सफल भयो । 

५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए ।

६० औं मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४(१ को अग्रता दिलाए ।

६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काए । 

खेलमा जर्मनीका काइ हार्भाटेज र म्याथ्यिस जिन्टरले पहेँलो कार्ड खाएका थिए । 

जर्मनीले खेलमा ५६ बल आफ्नो नियन्त्रणमा राखेको थियो । पार्चुगलले गोलका लागि २ बल टार्गेट गरेकामा दुवै गोल भयो । जर्मनीले ७ बल टार्गेट गरेको थियो ।

जसमा दुई गोल आफैबाट दुई गोल पोर्चुगलका डिफेन्डरले बचाउन खोज्दा खोज्दै आत्मघाती भयो । 

पोर्चुगलले ६ फाउल खेल्दा जर्मनीले १५ फाउल खेलेको थियो । 

अंक तालिका 
ग्रुप अफ डेथ समूह एफ मा दोस्रो चरणको समाप्तिपछि फ्रान्स ४ अंकसहित पहिलो, जर्मनी ३ अंकबाट दोस्रो, पोर्चुगल ३ अंकसहित तेस्रो तथा हंगेरी १ अंकबाट चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ