arrow

यी हुन् युरोकपमा छानिएका २० देश 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
eurocup-2024-germany-logo.jpg

काठमाडौँ । युरोकप फुटबल २०२४ मा कुल २० देश छनोट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनोट खेलबाट अब एक देश छनोट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् । 

अब समूह डीबाट समूह चरणका अन्तिम खेल आज राति सकिएपछि आयोजकसहित युरोकपका २१ देश छनोट हुने छन् । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदैछ । आयोजकका हिसाबले जर्मनी सिधै छनोट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समुह ए बाट स्पेन र स्कटल्याण्ड, समूह बीबाट फ्रान्स र नेदरल्याण्ड्स, समूह सीबाट इङल्याण्ड र इटाली छानिएका छन् । 

त्यस्तै समूह डीबाट टर्किए छनोट भएको छ भने अब अन्तिम खेलपछि क्रोएसिया र वेल्समध्ये एक देश सिधै छनोट हुनेछ । त्यसैगरी समूह र्इबाट अल्बानिया र चेक रिपब्लिक छनोट भएका छन् भने समूह एफबाट बेल्जियम र अस्ट्रिया छनोट भएका छन् । 

त्यसैगरी समूह जीबाट हंगेरी र सर्बिया, समूह एचबाट डेनमार्क र सर्बिया, समूह आर्इबाट रोमानिया र स्वीट्जरल्याण्ड तथा समूह जेबाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनोट भएका छन् । 

आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने हलाण्डको देश नर्वे भने छनोट हुन असफल भएको छ । समूह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो । सिधै छनोट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफसमेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स–क्रोएसिया, इजरेल, बोस्निया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, जर्जिया, ग्रीस, काजखस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।  

प्लेअफमा यूइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको यूइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुनेछ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ