arrow

रोनाल्डोको दुई गोलमा पोर्चुगलले लक्जमबर्गमाथि बर्सायो छ गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
ronaldo-portugal-2023.jpg

काठमाडौं । युरो–२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६–० ले हराएको छ । जुन जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । कतार विश्वकपपछि पोर्चुगलको यो लगातार दोस्रो जित हो । यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई  ४–० ले हराएको थियो । 

रोनाल्डोले नवौँ मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो भने १५ औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रतालाई दोब्बर बनाइदिए । 

पोर्चुगलको गोलको वर्षा गर्ने क्रम रोकिएन, पुनः  १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे भने ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा नै खेल ४–० को स्थितिमा पुग्यो । 

उता, दोस्रो हाफको ७७औँ मिनेटमा ओटाभियोले थप गोल गरे भने त्यसको १० मिनेट पछि अर्थात ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपेर अन्ततः खेल ६–० को अवस्थामा रहन पुग्यो । 

जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’ मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ६ अंक जोडेको छ भने  एक अंक जोडेको लक्जमबर्ग पाँचौँ स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ