arrow

फ्रान्सको अन्तर्राष्ट्रिय फुटबल इतिहासमा अहिलेसम्मकै फराकिलो जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
mbappe-2023-11-19.jpg
तस्बिर – केलियन एम्बाप्पे, एपी ।

काठमाडौँ । युरोकप फुटबल छनोटमा फ्रान्सले गोलको वर्षा गरेको छ । शनिबार समूह बीको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० ले हराएको हो । फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । ओलिभर जिरुले दुई गोल गरे । 

जिब्राल्टरका सान्तोष खेलको १८ औँ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो । 

अन्तराष्ट्रिय फुटबलमा यो नै फ्रान्सको सबैभन्दा ठूलो जित हो ।

पहिलो हाफमा ७ गोल गर्ने फरक खेलाडीको सूचीमा युवा खेलाडी वारेन जैर एमरीले एक थिए । सन् १९१४ पछि फ्रान्सका लागि गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी बने । 

एथन सान्तोषले तीन मिनेटमै आत्मघाती गोल गरेपछि फ्रान्स अघि बढेको थियो । मार्कस थुरम, जैर एमरी, क्लास, किग्स कोमन र युसुफ फोफाना, एड्रियन राबिटो, कोमेन र उसमान डेम्बेले एक एक गोल गरे ।

फ्रान्सले ३९ प्रहार जिब्राल्टरको पोस्टमा गरेको थियो । सतप्रतिशत जितसहित फ्रान्स २१ अंक सहित समूहको शीर्ष स्थानमा छ । जिब्राल्टर अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ