arrow

सबैभन्दा महँगो टिम म्यानसिटी, यी हुन् शीर्ष १० मा पर्न सफल टिमहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
mancity-2024.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मूल्यवान फुटबल टिम बनेको छ । फुटबल बेन्चमार्कले सार्वजनिक गरेको युरोपियन फुटबल क्लबहरुको वार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मूल्यको रहेको हो ।

 यस रिपोर्टमा २०२३ मा युरोपका शीर्ष पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मूल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो वर्षको भन्दा ९ प्रतिशतले बढी हो ।

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पीएसजी रहेको छ । पीएसजीको टिमको बजार मूल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

 त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा स्पेनिश क्लब रियाल मड्रिड रहेको छ । रियालको बजार मूल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

त्यसैगरी जर्मन क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मूल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मूल्य अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

त्यस्तै स्पेनिश क्लब बार्सिलोना यस सूचीमा पाँचौँ स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मूल्य अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।

यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौँ स्थानमा छ र यसको टिमको बजार मूल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौँ स्थानमा रहेको छ । नापोलीको टिमको बजार मूल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डर्टमण्ड रहेको छ । डर्टमण्ड टिमको बजार मूल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशत कम हो ।

त्यस्तै यस सूचीमा नवौँ स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसको अहिलेको टिमको बजार मूल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो ।

त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनेफिका रहेको छ । बेनेफिकाको अहिलेको टिमको बजार मूल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।
          



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ