arrow

स्कटल्याण्डले स्पेनलाई हराउन लगायो ३९ वर्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
spain-scotland-football-2023.jpg

काठमाडौं । स्पेनले युरोकप छनोट फुटबलमा स्कटल्याण्डसँग लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा स्कटल्याण्डले स्पेनलाई २–० गोल अन्तरले हराएको हो ।

स्कटल्याण्डको जितमा दुवै गोल स्कट म्याकटोमिनेले गरे । सातौं मिनेटमा पहिलो गोल गरेका स्कटले ५१ औं मिनेटमा दोस्रो गोल गरे । स्कटल्याण्डले ३९ वर्षपछि स्पेनलाई हराएको हो ।

युरो कप छनोटमा स्कटल्याण्डको यो लगातार दोस्रो जित हो । स्कटल्याण्ड २ खेलमा ६ अंकसहित समूह ए को शीर्ष स्थानमा रहेको छ ।

स्पेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नर्वे र जर्जियाको समान १–१ अंक छ भने अंकविहीन साइप्रस पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ