arrow

प्रेमगीतको रमाइलो लोकभाका गीत

पशुपति शर्मा र पूर्णकला बिसीको स्वरमा सजिएको गीतमा पुजा शर्माले फिचरिङ गरेकी छन् ।

logo
हाम्रा कुरा
प्रकाशित २०७२ माघ २३ शनिबार
Look-Premgeet.jpg.jpeg
काठमाडौं । आगामी माघ २९ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत’ लोकदोहोरी भाकायुक्त गीत ‘यता तिर्खा लागेको धेरै भो’ बोलको गीत सार्वजनिक भएको छ ।

पशुपति शर्मा र पूर्णकला बिसीको स्वरमा सजिएको गीतमा पुजा शर्माले फिचरिङ गरेकी छन् । यादव लम्सालले लेखेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । 

गीतमा रेनेशा वान्तवा राईको कोरियोग्राफी छ भने सञ्जय लामाले खिचेका छन् । सन्तोष सेनले निर्माण गरेको फिल्ममा सुदर्शन थापाले निर्देशन गरेका छन् । करोड बढी बजेटमा निर्माण भएको फिल्ममा प्रदिप खड्का, सरोज खनाल, रुपा राना र लक्ष्मी गिरीलगायतको अभिनय छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ