काठमाडौं । देशभर शनिबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशभरका विभिन्न ५ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवारहरु निर्वाचित भएका थिए । विभिन्न जिल्लामा भएको निर्वाचनमा कतै नेविसंघको एकल प्यानल तथा कतै नेविसंघका उम्मेदवारहरु संयुक्त प्यानलबाट विजयी भएका हुन् ।
यसरी विजयीहुनेमा धादिङका दुई क्याम्पस सहित बैतडी, काभ्रे र लम्जुङ समेत रहेको छ । बैतडीको गोकुलेश्वर कृषि क्याम्पसमा नेविसंघका राजेन्द्र बमको प्यानल विजयी भएको छ ।
त्यस्तै, काभ्रेको प्रकाश बहुमुखी क्याम्पसमा पनि नेविसंघकी तृष्णा पन्त उप्रेतीको प्यानल नै विजयी भएको हो । उता, नीलकण्ठ बहुमुखी क्याम्पस धादिङवेसीका सरोजराज पाण्डे र धादिङकै मच्छिन्द्र बहुमुखी क्याम्पस खानिखोलाका प्रमोद गिरीको प्यानल बिजयी भएको हो । त्यस्तैगरी, मंगला क्याम्पस सोतिपसल लम्जुङमा नेविसंघकै बिश्व नाथ मिश्राको प्यानल विजयी भएको विभिन्न जिल्लाका नेविसंघ नेताहरुले जानकारी दिएका छन् ।