arrow

टेष्ट च्याम्पियनशिपको फाइनलमा भारत र न्यूजिल्याण्ड

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
india-win-england.jpg

काठमाडौं । टेष्ट च्याम्पियनशिप क्रिकेटको उपाधिका लागि फाइनलमा भारत र न्यूजिल्याण्ड भिड्ने भएका छन् । टेष्ट खेल्ने राष्ट्रहरुबीचको आपसी भिडन्तपछि सबैभन्दा बढी स्कोर हासिल गर्ने दुई राष्ट्र भारत र न्यूजिल्याण्डबीच उपाधि भिडन्त तय भएको हो । 

उपाधि भिडन्त जुन १८ तारिखमा भार तर न्यूजिल्याण्डबीच लर्डस्को मैदानमा हुनेछ । 

भारत ७२.२ अंकका साथ तथा न्यूजिल्याण्ड ७० अंकका साथ फाइनलमा पुगेका हुन् । अष्ट्रेलियाको ६९.२ तथा इङ्गल्याण्डको ६१.४ अंक रह्यो । 

भारतले घरेलु मैदानमा इङ्गल्याण्डलाई चार खेलको सिरिजमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

अहमदाबादमा शनिबार चौथो तथा अन्तिम टेष्टमा भारत एक इनिङ र २५ रनले विजयी भयो । नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा इङ्गल्याण्ड दोस्रो इनिङमा १ सय ३५ रन जोड्दा अलआउट भएपछि भारतले सहज जित निकालेको हो । 

डान लरेन्सले ५० तथा कप्तान जो रुटले ३० रन बनाए । भारतका अक्षर पटेल र रविचन्द्र आश्विनले ५–५ विकेट लिए ।

यसअघि भारतले पहिलो इनिङमा ३ सय ६५ रन बनाएको थियो । ऋषव पन्तले १ सय १ रन तथा वासिंगटन सुन्दरले नटआउट रहँदै ९६ रन बनाए । जेम्स एण्डरसनले ३ विकेट लिए । 

यसअघि इङ्गल्याण्ड पहिलो इनिङमा २ सय ५ रनमा अलआउट भएको थियो । बेन स्टोक्सले सर्वाधिक ५५ रन बनाए । अक्षर पटेलले ४ विकेट लिए । यस्तै रविचन्द्रन अश्विनले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

अश्विनले ४ खेलमा सबैभन्दा बढी ३२ विकेट लिए । अक्षरले डेब्यु गरेको यो सिरिजमा ३ खेलमा २७ विकेट लिए । १८९ रन समेत बनाएका अश्विन प्लेयर अफ द सिरिज भए । 

ब्याटिङतर्फ भारतीय खेलाडी रोहित शर्माले ३४५ रन बनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ