arrow

धनुषामा स्कारपियोको ठक्करबाट दीपेन्द्रको मृत्यु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ २१ बुधबार
accident-2.jpg

धनुषा । धनुषामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्दा मोटरसाइकल  सवार एक जनाको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नमुना  ५ विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा बा १३ च ८०३८ नम्बरको स्कारपियोले ठक्कर दिएपछि ज ६ प २८३३ नम्बरको मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय दीपेन्द्र महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिए। सोही मोटरसाइकलमा सवार २० वर्षीय रोशन लामा घाइते भएका छन् । घाइते दीपेन्द्रको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको  अस्पताल स्रोतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घाइते लामाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । ठक्कर दिने स्कारपियो प्रहरीको नियन्त्रण मा रहेका जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ